गौहत्या प्रकरणः हिंसा भडकिन नदिन सुनसरीमा निषेधाज्ञा, हर्क भन्छन्– सद्भाव कायम राखौं

Advertisement

काठमाडौं । मन्दिर अगाढि चर्चा निर्माण गर्न दिने र गौहत्याको विषयलाई लिएर तनाव बढ्दै गएको बेला धरानमा हुनसक्ने हिंसात्मक प्रदर्शनलाई रोक्न सुनसरीको स्थानीय प्रशासनले निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । 

सुनसरीको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्दै प्रवेश नाकाहरुमा समेत कडाई गरेको छ । निषेधाज्ञा आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म जारी रहने छ । 

Advertisement

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार सुनसरी प्रवेश गर्ने छ वटा नाकाबाट मानिसहरुलाई प्रवेश गर्न दिइएको छैन् र सुरक्षा सतर्कता बढाइएको छ । 

मन्दिर अगाडि नै चर्च बनाउन दिने र गाई गोरी काटेर खान धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले प्रोत्साहित गरेपछि हिन्दु धर्माबलम्बीहरुले आज धरानमा प्रदर्शनको तयारी गरेका थिए । तर गाई गोरु काटेर खान पाउनुपर्छ भन्ने अतिवादीहरुले भने हिंसात्मक अभिव्यक्ति दिँदै प्रदर्शन नगर्न चेतावनी दिएका थिए । 
 

धरानमा हिंसा भडकिनसक्ने संभावना बढेर गएपछि साम्पाङले साम्प्रदायिक सदभाव भडकाउन खोजेको भन्दै अहिले सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । यद्यपि उनले आज भने आपसी सद्‍भाव र एकता कामय राख्न अपिल गरेका छन् । वक्तव्य जारी गर्दै उनले केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएको बताएका छन् ।

Advertisement

Advertisement