देश ठूलो दुर्घटनामा जाने खतरा बढ्योः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको दावी गरेका छन् । आफ्नो पार्टीको कार्यक्रममा मंगलबार उनले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको बताएका हुन् । 

तर यो सफल हुन नसकेको दाहालको जिकिर छ । उनले सरकार ढाल्ने कोशिष गर्नेहरु बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गर्दै कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने बताए । दाहालले अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीं धार्मिक, कतै जातिय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गरे । 

Advertisement

उनले उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गर । दाहालले माओवादीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे । उनले भने, ‘अहिले सरकारबिरुद्ध विभिन्न खालका षड्यन्त्र त भइरहेका छन् । यो गठबन्धन तोड्ने सरकारलाई ढाल्ने, धेरै कसरत छन् । तर कसैको केही लाग्ने मैले देखेको छैन । जति बल गरेका छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै गएका छन् र यही हुन्छ ।’ 

दाहालले थपे, ‘हामीले अझै गठबन्धन ५ वर्ष नै जानेछ, मैले त्यही देखेको छु, अहिलेसम्म । त्यस्तो ठूलो केही भएन भने हामी निरन्तर यो अभियानलाई सफलतातिर लानेछौँ । अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक त कतै जातिय, कतै माध्यमबाट यो परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न सकिन्छ की ? भन्ने कसरत छन् । त्यसमा हामी संवेदनशील छाँै । उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्छ, यो प्रमाणित गर्ने हाम्रो लागि ऐतिहासिक अवसर हो । हामीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्छाँै ।’

प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति शुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने जिकिर गरे ।  उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको बताए । दाहालले माओवादी शक्ति बलियो नभए प्रतिक्रियावादीले आफूमाथि आक्रमण गर्ने गरेको बताए । दाहालले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूबिरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको बताए । 

Advertisement

Advertisement