नेपालको चुच्ने नक्सा स्वीकार नगर्दासम्म चीन भ्रमणमा नजान दाहाललाई शाहीको सुझाव

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिएका छन् । 

शुक्रबार संसद बाहिर सञ्चारकर्मीहरुसँग उनले नेपालको चुच्चे नक्सा चीनले स्वीकार नगरेको बताउँदै सो नक्सा स्वीकार नगर्दासम्म चीन नजान सल्लाह दिएका हुन् । 

Advertisement

शाहीले हङकङ ट्रान्जिटमा नेपाल वायुसेवाले यात्रु बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरे । उनले भने, ‘चीन भ्रमण जानु अगाडी हामीले भनेका छौँ, चुच्चे नक्साको कुरा नटुंग्याइ चीन भ्रमण नगए हुन्छ ।’ 

उनले थपे, ‘चीन भ्रमण जाँदै गर्दा प्रधानमन्त्रीज्यूलाई हामीले के भनेका छौँ भने हङकङमा नेपाल एयरलाइन्स पनि जान्छ । त्यहाँको क्याथे एयरलाइन्स पनि छ । ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न पाउँदैन । त्यो जसरी पनि अन्त्य गरेर नेपाल एयरलाइन्स्लाई पनि ट्रान्जिटका प्यासेन्जरहरु बोक्न पाउने नीति बन्नुपर्छ । हङकङस्थित महावाणिज्य दुतावासमा त्यहाँको महावाणिज्य दुतले ४८ हजारभन्दा बढी हङकङ एचकेडी डलरमा कोठाभाडा लिनुहुन्छ तर मकाउमा ४ हजार एचकेडी हङकङ डलरमा कोठा पाइन्छ । त्यहाँ अफिस नराखेर हङकङ र मकाउका जनतालाई सास्ती भोग्नुपरेको छ । त्यो काम तत्काल पूरा गरुन् ।’

शाहीले हङकङस्थित महावाणिज्य दुतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । 

Advertisement

Advertisement