बालेनको निर्णयलाई चुनौति दिँदै काठमाडौंका केही प्रअ आन्दोलनमा जाने (विज्ञप्तिसहित)

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनलाई चुनौति दिँदै महानगरभित्रका सामुदायिक (सरकारी) विद्यालयका केही प्रधानाध्यापकहरू आन्दोलनमा जाने भएका छन् । 

विद्यालय शिक्षा विधेयकको विरोधमा आज बुधबारबाट देशभरका शिक्षकहरुलाई काठमाडौंमा बोलाएर आन्दोलनमा उतारेको शिक्षक महासंघले बिहीबार काठमाडौंका सामुदायिक विद्यालयहरु बन्द गर्ने भनेपछि बालेनले त्यस्तो नगर्न चेतावनी दिएका थिए । 
 
मेयर बालेन शाहले विद्यालय बन्द नगर्न आग्रह गरेको केही समयपछि महानगरभित्रका केही सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको हस्ताक्षरसहितको विज्ञप्ति सार्वजनिक भएको हो । प्रधानाध्यापकहरूले सबै शिक्षकहरूलाई माइतीघर मण्डलामा नियमित हाजिर हुन भनेका छन् । काठमाडौंभित्र करिव अढाईसय सामुदायिक विद्यालय भए पनि विज्ञप्तिमा करिव साढे दुई दर्जनको मात्रै हस्ताक्षर छ । 

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा विधेयक खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशैभरीका विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनि सुरु गरेको कार्यक्रमहरूलाई समर्थन गर्दै अर्को सूचना जारी नभएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले निर्णय गरेकाले माइतिघर मण्डलमा नियमित हाजिर हुनेगरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’ 

आन्दोलनका क्रममा विद्यार्थीमा पर्ने शैक्षिक क्षतिको पूर्ति आगामी दिनमा बिदाका दिन पठनपाठन गरेर गरिने पनि उनीहरुको तर्क छ । तर बालेनले बालबालिकाको पढ्न पाउने अधिकार आन्दोलनका नाममा कुण्ठित गर्न नपाइने भन्दै विद्यालय बन्द गरे कारवाही गनेै चेतावनी दिएका छन् । 

शिक्षा विधेयकमा आफ्नो पनि असहमति रहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेनले लगभग दुई लाख ५० हजार विद्यार्थीको पठन पाठनमा अवरोध नपुर्याउन आग्रह गरेका छन् । उनले शिक्षकले स्कुल बन्द गरेर पठनपाठन मा अवरोध पुर्याउनेहरूललाई कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएका छन् । 

undefined

Advertisement

Advertisement