पार्टीभित्रको समस्या बाहिर सुनाउँदै हिँडेको भन्दै खनालसँग माधव नेपाल रुष्ट

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन् । 

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि माधव नेपालले पार्टीभित्रको समस्या बाहिर सुनाउँदै हिँडेको भन्दै खनालसँग असन्तुष्टि पोखे । केही दिनअघि माधव नेपालले पार्टीका नेताहरुको कार्यविभाजन गरेका थिए । उनले गरेको कार्यविभाजनप्रति झलनाथ खनालसहित अन्य नेताहरुले समेत असन्तुष्टि जनाउँदै आएका छन् । 

Advertisement

सोही प्रसंगलाई लिएर माधव नेपालले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्नेमा बाहिर सुनाउँदै हिँडेको भन्दै आक्रोस पोखेका हुन् । उनले अनुशासनको ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताए । नेता नेपालले पार्टीको हीत नचाहनेहरु फरक किसिमले चल्ने बताए । उनले नमिलेका कुरालाई मिलाएर लैजान सकिने बताए । 

नेता नेपालले कृषि उत्पादनमा नेपाललाई राम्रो मुलुकका रुपमा विकसित गर्न सकिने बताए । उनले खाद्यान्न उत्पादन, कृषि उत्पादन, कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसावले अघि बढ्न सुझाव दिए । नेता नेपालले कृषिको विकासमा जोड दिने हो भने देशको अर्थतन्त्र बलियो हुने बताए । 

अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताए । 

Advertisement

Advertisement