सुन गाल्ने पाँच वटा भाँडा माओवादीसँग छ, एमालेको छैन्ः ओली

Advertisement

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिरोधीहरु एमालेसँग लड्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरुको मन भत्भती पोलिरहेको बताए । 

ओलीले एमालेको बिरोध गर्न गिरिबन्धु टि स्टेट भनेको बताउँदै गिरिबन्धु टि स्टेटको छानबिन गर्न चुनौति दिए । उनले कुनै पनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरु मुसिने दाबी गरे । ओलीले माओवादी केन्द्रतर्फ लक्षित गर्दै सुन गाल्ने पाँच वटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताए । 

Advertisement

नेता ओलीले भने, ‘हाम्रा बिरोधीहरु हामीसँग लड्न सकिरहेका छैनन् । हिजो मैले पाल्र्यामेण्टमा अलिकति बोलेँ । त्यसले उनीहरुको मन भत्भत पोल्यो, खपि नसक्नु भयो । के गरौँ के गरौँ भनेर चिथोरौँ झैँ लाग्यो । तर भन्ने के भन्दा गिरबीबन्धु टि स्टेटको फाइल खोल्नुपर्छ, भनेर कराए आज संसदमा । खोल न त फाइल, खोल जेल जाउ, मैले भनिरहेको छु त । आफैँ खोल, आफैँ जाउ । हामी सार्वजनिक सम्पती छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौँ । त्यो बाटो कहिल्यै समाएनौँ । सुन तस्कर गर्ने, सुन गाल्ने पाँच वटा भाँडा, राष्ट्र बैंकसँग एउटा छ, पाँच वटा भाँडा राखेर बस्ने खालको पार्टी होइन । हामी देश बनाउने पार्टी हो । हिजो मैले बोलेको जवाफ छैन उनीहरुसँग । त्यसको जवाफमा गिरिबन्धु टि स्टेट । के गर्नुपर्छ, कुन फाइल खोल्नुपर्छ खोल, १० पटक खोल । तिनका नेताहरुले त्यही भनेको होला । गिरबन्धु टि स्टेट, यति, औम्नी भन । ति सबैकुरा उनीहरुले गराएका छन् । कमिसको चक्र उनीहरुले चलाएका छन् ।’

अध्यक्ष ओलीले ललिता निवास प्रकरणमा एमालेलाई मुछ्न भनेर लागिपरे पनि आफैँ परेपछि घटना सेलाएको दोहोर्याए । 

Advertisement

Advertisement