चैतसम्म एमाले तन्दुरुस्त बन्छः योगेश भट्टराई

Advertisement

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चैत मसान्तसम्म संगठनात्मक रुपमा एमाले तन्दुरुस्त बन्ने दावी गरेका छन् । 

मंगलवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अहिले विभिन्न तहको अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने दावी गरेका हुन् । 

Advertisement

भट्टराईले मधेसको विकासका लागि एमालेको सरकार आवश्यक रहेको जिकिर पनि गरे । उनले एमालेको मधेसको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए । 

असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला सांस्कृति केन्द्रमा हुने अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुनेगरी नेतृत्व छनौट हुने बताए । उनले भने, ‘चाडपर्वहरु सम्पन्न गरेपछि हाम्रो जिल्ला अधिवेशन हुन्छ । त्यसपछि हाम्रो पालिका अधिवेशन हुन्छ । सबै देशभरका पालिकाको ७५३ वटाकै । त्यसपछि हाम्रो वडा अधिवेशन हुन्छ । देशभरका सबै वडाको । त्यसपछि टोल अधिवेशन हुन्छ । र चैत मसान्तसम्म पुग्दा एमाले तन्दुरुस्त हुन्छ । संगठनात्मक हिसावले । यो हाम्रो अधिवेशन साल हो । मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक छ । एमालेको मुख्यमन्त्री चाहिन्छ । एमालेको सरकार चाहिन्छ । १३६ पालिका एमालेको प्रमुख चाहिन्छ । प्रधानमन्त्री एमालेको चाहिन्छ । मधेसमा भएको शक्तिको तागत बढाउन चाहन्छाँै । ६६ हजार २ सय पार्टी सदस्यलाई कुनै न कुनै हिसावले सहभागी गराएका छौँ, यो अधिवेशनमा । पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिष्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेछाँै ।’

Advertisement

Advertisement