गैरआवासीय नेपाली संघ विभाजित, बद्री केसी पक्षलाई अवैध घोषणा गर्दै अर्को कार्यसमिति गठन

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजित भएको छ । हालै सम्पन्न ११ औँ महाधिवेशनमा भएको निर्वाचनको मतपरिणाममा विवाद भएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटि गठन गरेको हो । 

बद्री केसीले सिस्टम ह्याक गरी मतपरिणाम आफ्नो पक्षमा पारेको भन्दै राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । शर्माको नेतृत्वमा गठित समानान्तर समितिले बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको हो । बद्री केसी पक्षले छानविन गर्ने प्रतिवद्धतालाई लत्याउँदै सपथ गरेर गरेपछि विवाद झन चर्किएको हो । 

Advertisement

शर्मा पक्षले आफ्नो पक्ष नै आधिकारिक भएको जिकिर गरेको छ । उनको कार्यसमितिमा केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।

महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् । यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् ।

शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेश श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने घोषणा गरेको थियो । 

शर्मा र श्रेष्ठले मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताएका थिए । सहमति विपरित आजै शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि हुने उनीहरुको आरोप छ । 

अध्यक्षका उम्मेदवार शर्माले आईटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँदली भएको स्पष्ट हुने बताए । उनले धाँदली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताउँदै उनले गैरआवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए । 

शर्माले भने, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरुले धाँदली गरेर जितेको स्पष्ट हुन्छ । आजै शपथ खानुपर्ने र दुई हप्तापछि खानुपर्नेमा मलाई लाग्दैन दुई हप्तामा ठूलै पहाड पल्टिन्छ । धाँदली नभएको भए रातारात शपथ खानुपर्ने थिएन । उहाँहरु सच्चा हुनुुहुँदो रहेनछ । गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ । सबल हुनुपर्छ ।’

अध्यक्षका अर्का प्रत्यासी श्रेष्ठले सिमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए । उनले सिमित समूहले केही पनि गर्न नसक्ने भन्दै उनले गैरआवासीय संघ झनै नराम्रो भएको बताए । 

श्रेष्ठले भने, ‘उहाँहरुले सिमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो । यो सामाजिक संस्थामा सबैलाई समेट्न्ुपर्छ । त्यो प्रयत्न उहाँहरले गर्नुपर्दथ्यो । सिमित समूहले के गर्न खोज्नुभएको हो रु अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ रु यसले नराम्रो असर पर्छ । यसैपनि अविश्वास थियो । अहिले झनै नराम्रो भएको छ ।’

Advertisement