ठूला दलप्रति जनताको विश्वास गुम्यो भन्ने कुरा म मान्दिन्ः देउवा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको जिकिर गरेका छन् । 

दशैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शनिवार कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले पार्टीभित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए । देउवाले आफूले पार्टीभित्र मेलमिलापको वातावरण बनाउने कोशिस गरिरहेको समेत बताए । 

Advertisement

देउवाले भने, ‘ठूला दललाई बिस्थापित गर्नुपर्छ भन्ने कुरालाई मैले सकारात्मक रुपमा लिएको छु । काम गर्नुपर्यो भन्नु राम्रो कुरा हो नि । चुनौति आएको छैन् । ठूला दलका ठूला नेताहरु त आलोचनाका पात्र हुँदै हुन त । आलोचना गर्ने कुरालाई खराब मानेकै छैन त यहाँ । आलोचना गर्नसम्म गर्नुस् न । ठूला दलको विश्वास गुम्यो तपाइँले भन्नुभयो । तर मलाई त विश्वास छ भन्ने लाग्छ त  । यसरी नभन्नुस् न त । तपाइँले भनेको कुरा मैले मान्नुपर्छ भन्ने छैन् । माफ गर्नुहोला ।’

उनले थपे, ‘विद्यार्थीहरु विदेश पढ्न जान चाहान्छन् । रहर पुगेपछि फर्किहाल्नु हुन्छ नि । नेपाललाई माया गर्नुहुन्छ उहाँहरुले । पार्टीभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइन । तपाइँहरुले भनेको कुरा सत्य होइन नि ।  मेलमिलाप गर्न खोजिराखेको छु । कहीँ समस्या छ भने समाधान गर्छु मैले ।’

देउवाले ठूला दल बिस्थापित हुन्छन् भन्ने कुरा सत्य नभएको पनि देउवाले दोहोर्याए । 

Advertisement

Advertisement