मन्थली विमानस्थलमा दुई पाइलटबीच कुटाकुट, क्यानद्वारा दुबैको लाइसेन्स निलम्बन
फाइल तस्बिर

Advertisement

काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । 

आज बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट मन्थली विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष शाह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थलको एप्रोनमै कुटाकुट भएको हो । यी दुई पाइलटबीच के कारणले कुटाकुट भएको खुल्न सकेको छैन । 

Advertisement

पाइटलबीचको भएको यस्तो क्रियाकलापका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुबै जनालाई ग्राउन्डेड गरेको छ । 

राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरेको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्ने प्राधिकरणले जनाएको छ । 

Advertisement

Advertisement