अख्तियार प्रमुख राई र उद्योगमन्त्री रिजाल पनि विदेश भ्रमणमा जाने

राष्ट्रपति फ्रान्स, जर्मनी र इटाली जाने, मन्त्रिपरिषदद्धारा १० दिने भ्रमण स्वीकृत

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटाली जाने भएका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको शुक्रबार जानकारी दिइएको हो । 

सरकारका प्रवक्ता रेखा शर्माले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न पौडेल कार्तिक २२ गते जाने र मंसिर १ गते स्वदेश फिर्ता हुने बताइन् । 

Advertisement

त्यस्तै सरकारले मङ्सिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने १० औं सेसन अफ  कन्फ्रेन्स अफ द स्टेट पार्टीज टु द युनाइटेड नेसन कन्भेन्सन एगिनिस्ट करप्शन कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिएको छ । 

त्यस्तै, चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने, कृषि पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत तथा सञ्चालित परियोजना र आयोजनाको लागि २६१ राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यवसायिकरण लगायतका विषयमा सरकार र दक्षिण कोरियाबीच हुने समझदारीपत्र (एमओयु) स्वीकृत गर्ने निर्णय गरेको छ । 

सरकारले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ बमोजिम समिति गठन गर्ने, निमा तामाङको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने, देवराज धमलाको नाममा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट वंशजको आधारमा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय समेत गरेको छ । 

प्रवक्ता शर्माकाअनुसार नुवाकोट किस्पाङ गाउँपालिकामा रहेको ४—०—०—० रोपनी जग्गा ५ शैय्याको आधारभुत अस्पताल भवन गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिकामा रहेको २—१०—०—० बिघा सरकारी जग्गा प्रशासकीय भवन निर्माणार्थ उदयपुरगढी गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, युएईमा आयोजना हुने १८ औं एजुकेशन अफ द दुवै एयरशो २०२३ मा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय पनि गरेको छ । 

त्यस्तै सरकारले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा ४.२९०४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका १२४ वटा रुखहरू हटाउन स्वीकृति दिएको छ । बडीकेदार गाउँपालिका डोटीको प्रशासकीय भवन तथा १० शैय्याको अस्पताल निर्माण गर्नका लागि राष्ट्रिय वनको १३.२ रोपनी जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने, मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित खम्बागाडे—पलौटे—विद्यापुर—गुट मायाताल सडकखण्डको स्तरोन्नतिको लागि राष्ट्रिय वन क्षेत्रको १४.५९ हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका १,२९२ रुखहरू हटाउन स्वीकृति दिने, आगामी मिति २०८० कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने द बेल्ट एण्ड रोड कन्फ्रेन्स अन साइन्स एण्ड टेक्नोलोजी एक्सचेन्ज कार्यक्रममा माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।

Advertisement

Advertisement