संसदको वर्षे अधिवेशनमा सांसदलाई छ महिनाको होइन्, १५ दिनको तलव दिए पुग्छः शर्मा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्र्र्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई १५ दिनको मात्रै तलव दिँदा पुग्ने अवस्था देखिएको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले दिन गुजारेको हिसावले करिव ६ महिनाको तलव लिए पनि कामको परिणामको हिसावले १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन् । 

Advertisement

शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे ।  उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताए । 

शर्माले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक दोहोर्याए । 

महामन्त्री शर्माले नयाँ भनिएका दलहरुको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए । 

Advertisement

Advertisement