देश आर्थिक दबाबमा छ, रणनीतिक कदम चाल्नुपर्ने भएको छः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको स्वीकार गरेका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गए पनि अझै पनि आर्थिक दबाब कायम रहेको स्वीकार गरेका हुन् । 

दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न सबै क्रियाशील हुनुपर्ने बताए । दाहालले आर्थिक दबाब चिर्नका लागि रणनीतिक कदम चाल्नुपर्ने महशुस भएको बताए । 

Advertisement

दाहालले भने, ‘अहिले हामीले सुशासन, समृद्धि, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढीरहेको सन्दर्भमा देशमा विद्यमान चुनौतिहरुलाई अवसरमा बदल्न हामी सबै क्रियाशील हुनुपर्छ । अहिले अर्थतन्त्रका अधिकांश सूचकहरु केही सकारात्मक हुन गएपनि अझैपनि हामी आर्थिक दबाबमा छाँै । यसको अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने कुरा हामीले महशुस गरेका छौँ । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापित गर्न सरकार अघि बढीरहेको छ ।’

उनले पश्चिम नेपालमा गएको भूकम्पपछिको उद्धार र राहतमा सरकारले तदारुकताका साथ पहलकदमी लिएको दाबी गरे । दाहालले २०७२ को भूकम्पबाट सिकेको पाठबाट यस पटक पुनस्र्थापना र पुनःनिर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement