‘संघीय गणतन्त्रमाथि प्रश्न उठाउने ?’

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको भन्दै आलोचना गरेका छन् । शनिबार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रममा उनले गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गर्ने भन्दै प्रश्न गरे । 

दाहालले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने पनि बताए । नेपाल संवत नै राष्ट्रिय संवत भएको उनको जिकिर छ । कीर्तिपुरमा आयोजित अर्को एक कार्यक्रममा उनले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर २०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरे । दाहालले  २०६४ कै स्थितिमा फर्किन नसकेपनि सोसरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

Advertisement

सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवात गर्ने भन्दै दाहालले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य कुरा रहेको तर्क गरे । 

उनले भने, ‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी २०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ कि सक्दैनौँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेका छौँ । अझै गर्छौं । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो ।’

पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएकोसमेत दाहालको दावी छ । उनले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको दर्साउने बताउँदै विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए । 

Advertisement

Advertisement