महानगरले ल्याएका स्वर्णिम योजना सम्पन्न भएपछि राजधानीको मुहार फेरिने डंगोलको दावी

Advertisement

काठमाडौं । काठमाडौं महँनगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै राजधानी काठमाडौंको मुहार फेरिने दाबी गरेकी छन् । 

शुक्रवार २९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा आफूहरुले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएको बताउँदै नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभइ नयाँ कामको पनि थालनी गरिरहेको बताइन् । 

Advertisement

हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच पुर्याउन निःशुल्क कानूनी सेवा उपलब्ध गराएको पनि डंगोलको भनाई छ । उनले महानगरका कामबाट महानगरवासी खुशी भएको अनुभूति गरेको बताउँदै भनिन् ‘काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएका छौँ । नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभएर त्यस अलावा १० गौरवका योजनाहरु र २५ स्वर्णिम योजनाहरु अघि सारेका छौँ । ति योजनाहरु सफल र सम्पन्न भएसँगै काठमाडौं महानगरपालिका राजधानीको मुहार फेरिनेछ ।’

Advertisement

Advertisement