राजधानी नजिक भएर पनि नुवाकोट पछि पर्यो, हुनेखाने पनि काठमाडौंतिरै सरेः अर्थमन्त्री महत

Advertisement

नुवाकोट । अर्थमन्त्री प्रकाशशरण महतले राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्को गुनासो गरेका छन् । नुवाकोटको कुम्भेश्वर माध्यमिक विद्यालयको कार्यक्रममा आइतबार उनले नुवाकोटका हुनेखाने पनि काठमाडौंतिरै बसाइ सरेको र नुवाकोटाको शिक्षाको विकासमा कसैले वास्ता नगरेको, जसले गर्दा नुवाकोट धेरै पछाडि परेको जिकिर गरे । 

महतले भने, ‘२०४६ सालपछि नुवाकोटमा विस्तारै विकास सुरुवात भएको हो । ककनीको बाटो काठमाडौं बिजुली लैजान बनाएको हो । २०४६ पछि पुल, सिँचाई, विजुली विस्तार भयो । हामी विकासप्रेमी हौं ।  पार्टी भनेर विभेद गर्दैनौं । विकास हुनुपर्छ, विकास सबैका लागि हो ।’

Advertisement

आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको सुनाउँदै उनले थपे, ‘बजेट सीमित थियो, अनावश्यक ठाउँमा धेरै खर्च भएको थियो । बाटो सुविधा भयो भने उत्पादन बढ्छ । त्यो किसिमको प्राथमिकता हामीले दिइरहेका छौं ।  इमान्दारका साथ काम गर्ने कोशिस गरिरहेका छौं । मेरो मन नुवाकोटमै छ । मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु ।’

काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि शहर नुवाकोटमै बन्न थाल्ने महतको दावी छ । उनले शहर बसेपछि लगानी भित्रिन थाल्ने, जग्गाको मूल्य पनि वृद्धि हुनुका साथै स्थानीयको आम्दानी पनि बढ्न थाल्ने बताए ।

Advertisement

Advertisement