‘हिमालय रि’को रेटिङमा स्तर वृद्धि, व्यापार विस्तारमा सहयोग पुग्ने

Advertisement

काठमाडौं । हिमालय पुनर्बीमा (रि–इन्स्योरेन्स) विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी बनेको छ । 

उक्त रेटिङ एजेन्सीबाट हिमालयनले ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मारेको हो । केही दिनअघि भारतमा पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको जनाएको सो कम्पनीले आज बिहीबार रेटिङमा छलाङ मारेको जनाएको हो । 

Advertisement

‘एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ ‘बी’ बाट ‘बी प्लस’ मा स्तरोन्नति गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धिका रुपमा लिइएको भन्दै कम्पनीले विज्ञप्तिमा ‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउने बताएको छ । 

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यावसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल हिमालयन पुनर्बीमाले एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको जनाएको छ ।

यसले अन्तर्राष्ट्रिय पुनर्बीमा व्यावसाय उल्लेख्य वृद्धि हुने र विदेशी मुद्रा आर्जनमा योगदान पुग्ने कम्पनीले आशा लिएको छ । 

Advertisement

Advertisement