नेपाल लाइफले सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीलाई प्रदान गर्यो ‘चेकिङ बोर्ड’

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा बुधबार आयोजित कार्यक्रममा उक्त बोर्ड प्रदान गरिएको हो । 

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले प्रमुख प्रहरी नायव महानिरीक्षक पोशराज पोखरेललाई करिब १८ लाख रुपियाँ बराबरको १९० थान चेकिङ बोर्ड हस्तान्तरण गरे । 

Advertisement

पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत काठमाडौं उपत्यकामा सवारी दुर्घटना कम गर्न तथा ट्राफिक प्रहरीको चेकिङलाई व्यवस्थित गर्न यी बोर्डहरु हस्तान्तरण गरेको बताए । यी बोर्डहरु उपत्यकाका विभिन्न स्थानमा राखिने छ । पराजुलीले आगामी पाँच वर्षसम्म बोर्डको आवश्यक मर्मत संभार समेत कम्पनीले नै गर्ने बताए । 

त्यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोखरेलले आगामी दिनमा दुर्घटना न्यूनीकरणमा नेपाल लाइफको सहयोगले सहयोग पुग्ने बताए । 

Advertisement

Advertisement