गाँजामाथि अझै कठोर प्रहरी प्रशासन, चितवन र मकवानपुरबाटबाट करिब ६१४ किलो गाँजा जफत

Advertisement

काठमाडौं । लागूऔषधबाहेक ओषधि तथा अन्य मानवीय हितका लागि बहुउपयोगी गाँजाको उत्पादन र कारोबारलाई खुल्ला गर्न माग हुँदै आए पनि प्रहरी प्रशासनले भने अझै यसमा कठोर नीति जारी राखेको छ । 

प्रहरीले चितवन र मकवानपुरबाटबाट करिब ६१४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । चितवन, राप्ती नगरपालिका–३ झुरझुरेबाट करिब ५४४ किलोसहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

Advertisement

पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका–३ बस्ने ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने २५ वर्षीय शुसिराम थारू छन् । ईलाका प्रहरी कार्यालय भण्डाराको प्रहरी टोलीले ना. ३ ख ६१२२ नम्बरको ट्रक र ना.३ ख ७२४० नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा जफत गरेको हो । ना. ३ ख ६१२२ नम्बरको ट्रकका चालक भने भागेका छन् ।  

त्यसैगरी, मकवानपुर, राक्सिराङ गाउँपालिका– ५ बोटबारीबाट ७० किलो ६ सय ग्राम गाँजासहित ३ जनालाई गए राति पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका– १ सानो भावर बस्ने ५० वर्षीय पूर्णबहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर छन् । 

प्रहरी चौकी चैनपुरको टोलीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३–००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको, अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको जनाइएको छ । अटोमा सवार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो । अटो चालक भने भागेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement