अब नेपालीले सहजै भारतीय सिमकार्ड पाउने
तस्बिर : राजदूत शर्माको सामाजिक सञ्जाल ।

Advertisement

काठमाडौं । भारतमा काम गर्ने तथा भ्रमणका सिलसिलामा रहेका नेपालीले त्यहाँको सिमकार्ड नपाउँदा निकै सास्ती व्यहोर्नुपरेको थियो । तर, अब यो समस्या समाधान हुने भएको छ । भारतमा रहने या जाने नेपालीले पनि सहजै भारतीय सिमकार्ड पाउने भएका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् ।

Advertisement

राजदूत शर्माका अनुसार नेपाली नागरिकले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र या दूतावासले जारी गरेको परिचयपत्रका आधारमा भारतीय सीमकार्ड प्राप्त गर्न सक्नेछन् । 

यो समस्या समाधानका लागि राजदूत शर्माले पहल गरेका थिए । 

 

Advertisement