बालेनको ओलीलाई चेतावनी– गिरिबन्धुको वैना फिर्ता गर्नु, नभए जेल जानु पर्ला

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टि–इस्टेटको जग्गा प्रकरणका पीडितको वैना रकम फिर्ता गर्न सुझाव दिँदै नदिए जेल बस्नुपर्ला भनी चेतावनी दिएका छन् । 

नयाँ सडकको जुद्ध शालिकदेखि इन्द्रचोकसम्म पैदलमार्ग विस्तार गर्ने महानगरको प्रयासमा अवरोध गर्न लगाएपछि बालेनको यस्तो चेतावनी आएको हो । 

Advertisement

उनले सामाजिक सञ्जालमा गिरिवन्धुमा १० हजार करोड अनियमितता भएको औंल्याउँदै सो कुरा आफ्नो भ्रष्टाचारको कर्तुत लुकाउन ओलीले महानगरको काममा अवरोध गरेको बताएका छन् । 

बालेनले लेखेका छन्ः 
१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ूदुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ू भनेर थम्थमाउनु भएछ   । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।  

यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । 

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।

Advertisement

Advertisement