नेपाल टेलिकमद्वारा प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

कम्पनीले एक सूचना जारी गर्दै प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको हो । 

Advertisement

योग्य र अनुभव भएका इच्छुक नेपाली नागरिकले दरखास्त पेस गर्न सक्नेछन् । दरखास्त आज (२२ जेठ) का मितिले १५ दिनभित्र पेस गर्नुपर्नेछ । 

कम्पनीले आकांक्षी उम्मेदवारको उमेर हद दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने सीमा तोकेको छ । 

साथै, उम्मेदवार मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यववस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङजस्ता विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । 

त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवाप्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा भएका संस्था र निकायमा १२ वर्षको कार्यानुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । 

undefined

Advertisement