पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना आउँछः मन्त्री अधिकारी

Advertisement

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने दावी गरेका छन् । 

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिनभित्र सहकारी समस्याको ठोस योजना ल्याउन मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकाय र सरोकारवाला निकायलाई निर्देशन दिएको जनाइएको छ । 

Advertisement

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीको संयोजक रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउने गृहकार्य सुरु गरेको मन्त्रालयको भनाई छ । ठोस योजनालाई अन्तिमरुप दिएर मन्त्रिपरिषद्को बैठकमार्फत निर्णय गराई सहकारी समस्या समाधानका लागि पहलकदमी लिने मन्त्री अधिकारीले बताए । 

उनले मन्त्रालयले कर्जा असुली न्यायाधीकरण गठन, स्वायत किसिमको नियमनकारी प्राधिकरणको गठन, कर्जा सुचना केन्द्रको स्थापना, सहकारी बचत तथा कर्जा सुरक्षण कोष र सहकारीको यथार्थ बिवरण संकलन गर्नेलगायतको ठोस कार्ययोजना तत्काल कार्यान्वयन गर्ने बताए । 

छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री बर्षमान पुन, कानुन न्याय तथा संसदीय मामीलामन्त्री पदम गिरि, मुख्यसचिव बैकुण्ठ अर्याल, गृह, कानुन, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवलगायतका सरोकारवालाहरु थिए । 

Advertisement

Advertisement