अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना छैनः शेखर कोइराला

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउँदै अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना पनि नरहेको बताएका छन् । 

शैलजा आचार्यको स्मृतिमा आयोजित कार्यक्रममा सोमबार उनले प्रजातन्त्रवादीहरुले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएको पनि बताए । कोइरालाले विपी र शैलजा आचार्यलाई स्मरण गरेर अघि बढ्नसके मुलुकमा राजनीतिक स्थायित्व, भ्रष्टचारको अन्त्य र सुशासनको पक्षमा काँग्रेसले काम गर्न सक्ने दाबी समेत गरे । 

Advertisement

केन्द्रमा मात्रै तीन पटक सरकार परिवर्तन भएको र अझै कति हुने हो ? भन्ने कुरा टुंगो नभएकाले यसको स्थायित्वको लागि सबै प्रजातन्त्रवादीहरुले सोच्नुपर्ने उनको तर्क छ । कोइरालाले भने, ‘अहिले जुन राजनीतिक परिस्थिति छ, राजनीतिक स्थायित्व, सरकारको स्थायित्व छ कि छैन ? भन्दा छैन । आर्थिक विकासका हामी कुरा गर्छौं । त्यो आर्थिक विकास हुनसक्ने अवस्था छैन अहिले । सुशासन दिन सकेको छैन । भ्रष्टाचारले हामीलाई गाँजी सकेको अवस्था छ । यस्तो बेलामा हामीहरुले विपीलाई, शैलजा दिदीलाई सम्झेर काम गरेर अघि बढ्न सक्यौँ भने नेपाली काँग्रेसलाई फेरि पुरानै अवस्थामा फर्काउन सक्छौँ भन्ने मलाई लाग्छ ।’

उनले नेपालको राजनीतिक इतिहासमा शैलजा आचार्य एक साहसिक नेतृ भएको बताए । 

Advertisement

Advertisement