संसद बैठक चलिरहँदा संसदका कर्मचारीहरुबाट साँकेतिक विरोध प्रदर्शन

Advertisement

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि कर्मचारीहरुले ‘ब्ल्याक आउट’ गर्दा बैठक स्थगित भएको हो ।

संसदका प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा संसदको प्रत्यक्ष प्रसारण गरेपछि साँसदहरुबाटै विरोध सुरु भएको थियो । संसदमै रहेको टेलिभिजनको स्क्रिनमा सभामुख देवराज घिमिरे मात्रै देखिएका थिए । 

Advertisement

थप सुविधाहरु माग गर्दै संसदका कर्मचारीहरु केही समयदेखि संघर्षरत छन् । उनीहरुको आजको साँकेतिक विरोधपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठक स्थगित गर्न आग्रह गरेका थिए । त्यसपछि सभामुखले प्रश्यउत्तरको प्रक्रिया पूरा नहुँदै बैठक स्थगित गर्न बाध्य भएका थिए । 

Advertisement

Advertisement