मदन भण्डारी कलेजले सप्ताहव्यापीरुपमा वार्षिक उत्सव मनाउँदै

Advertisement

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रुपमा २३औं वार्षिक उत्सव मनाउने भएको छ । कलेजले असार ९ देखि १४ गतेसम्म विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाउन लागेको हो । 

वार्षिक उत्सवको उपलक्षमा सरसफाई कार्यक्रम, चित्रकला प्रतियोगिता, ट्राफिक जनचेतना कार्यक्रम, अभिभावक समुदाय भेला, जेष्ठ नागरिकलाई कपडा तथा फलफुल वितरण, रक्तदान लगायतका कार्यक्रम गर्न लागिएको हो । 

Advertisement

कार्यक्रमको बारेमा जानकारी दिंदै क्याम्पस प्रमुख बाबुराम अधिकारीले मदन भण्डारी कलेजले विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान दिने प्रयत्न गरिरहेको जानकारी दिए । 

यस कलेजले धेरै पत्रकारहरु उत्पादन गरेको स्मरण गराउँदै कलेजका व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले पत्रकारहरु निडर र निर्भिक भई समाचार संम्प्रेसण गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा यस कलेजको आमसंचार तथा पत्रकारिता विभाग प्रमुखको रुपमा लामो समय नेतृत्व गरेका प्राध्यापक डा. घमराज लुइटेललाई सम्मानित गरिएको थियो । 

undefinedundefined

undefined

Advertisement

Advertisement