वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत ठगिएका छन्ः श्रममन्त्री

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएको बताएका छन् । संसदमा आइतबार उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उक्त तथ्य सार्वजनिक गरेका हुन् । 

अर्यालले विदेशमा जानेहरु ठगिँदा आफूले टुलुटुल हेरेर बस्न नसक्ने बताए । उनले वैदेशिक रोजगारीमा जाने नागरिकहरु ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताए । अर्यालले ठगिएका नागरिकहरुको सम्बन्धमा आफूले काम गरिरहेको बताए । 

Advertisement

उनले फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको बताए । अर्यालले फ्रि भिसा फ्रि टिकट जम्मा चार प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत विदेशिक रोजगारीमा जाँदा ठगिएका बताए । 

मन्त्री अर्यालले भने, ‘फ्रि भिसा फ्रि टिकट सम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ । करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ । जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ । त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ । गर्नु नै छ । त्यसकारले अहिले पनि फ्रि टिकट फ्रि भिसा जम्मा चार प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ । 

उनले थपे, ‘त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु । ९६ प्रतिशत नागरिकहरु जो विदेश जानुभएको छ, उहाँहरुमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ । त्यसको विषयमा काम गरिररहेको म जानकारी गराउन चाहान्छु । हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ । त्यो भइसके पछाडी नागरिकहरु ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ ।’

अर्यालले हरेक वर्ष करिव एक खर्ब तीन अर्ब रुपियाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपालीहरु ठगिइरहेका बताए । उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताए । 

Advertisement

Advertisement