सूर्यज्योतिको संस्थापक शेयर फेरि पनि बिकेन, थप मूल्य घटाएर चौथो पटक प्रस्ताव आह्वान

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा भएको एनआईसी एसिया बैंकको तीन लाख कित्ता संस्थापक शेयर बिक्री हुन नसकेको देखिएको छ । 

त्यसपछि कम्पनीले थप मूल्य घटाएर चौथो पटक प्रस्ताव आह्वान गरेको छ । कम्पनीले शुक्रबार एक सुचना जारी गर्दै प्रतिकित्ता न्यूनतम १५० रुपियाँमा तीन लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने बताएको छ । 

Advertisement

त्यसमा इच्छुक लगानीकर्ताले आगामी साउन ३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । पहिलो र दोस्रो पटक प्रतिकित्ता २१० रुपियाँ तथा तेस्रो पटक प्रतिकित्ता १६२ रुपियाँमा शेयर बिक्री गर्ने बोलपत्र आह्वान गरिएको थियो । 

तर, उक्त शेयर बिक्री भएन । त्यसपछि थप १२ रुपियाँ मुल्य घटाएर प्रतिकित्ता १५० रुपियाँमा शेयर बिक्री गर्ने गरि शुक्रबार बोलपत्र आह्वान गरिएको हो । एनआईसी एसिया बैंकले कम्पनीमा भएको उक्त संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया गत बैशाखमै अघि बढाएको थियो । तर, अहिलेसम्म पनि उक्त शेयर बिक्री हुन सकेको छैन ।

undefined

पहिलो पटक बैशाख २० गते उक्त तीन लाख कित्ता संस्थापक शेयर बिक्री गर्न सूचना प्रकाशन गरिएको थियो । साविकका संस्थापक शेयरधनीहरुको लागि आह्वान गरिएको उक्त सूचनाको म्याद ३५ दिन थियो । 

शेयर बिक्रीका लागि न्यूनतम २१० रुपियाँ मुल्य तोकिएको थियो । तर, त्यस अवधीमा कुनै पनि साविकका संस्थापक शेयरधनीले शेयर खरिदका लागि शिलवन्दी पेश गरेनन् । 

त्यसपछि कम्पनीले असार ४ गते भने विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, सस्थाहरुलाई शेयर बिक्री गर्न आह्वान गर्दै सुचना निकाल्यो । त्यसमा शिलवन्दी पेश गर्ने अन्तिम म्याद असार ११ गते कार्यालय समयसम्म थियो । त्यसमा पनि न्यूनतम बिक्री मूल्य २१० रुपियाँ तोकिएको थियो । तर, त्यस अवधीमा पनि कम्पनीको संस्थाक शेयर किन्न कसैले इच्छुक देखाएनन् । 

त्यसपछि कम्पनीले गत असार १६ गतेदेखि २३ गतेसम्मको अवधी राखेर मुल्य घटाएर शेयर बिक्री गर्ने सुचना निकाल्यो । त्यसबेला प्रतिकित्ता न्यूनतम १६२ रुपियाँमा शेयर बिक्री गर्ने गरि बोलपत्र आह्वान गरिको थियो । तर, त्यस अवधीमा पनि प्रस्ताव नआएपछि पुनः प्रस्ताव आह्वान गरिएको हो । यसपाली प्रस्ताव पेश गर्ने न्यूनतम मुल्य १२ रुपियाँ घटाइएको छ । यसअघि ४८ लाख रुपियाँ मुल्य घटाइएको थियो । दुई पटक गरेर बोलपत्र पेश गर्ने न्यूनतम मुल्य ६० रुपियाँ घटाइएको छ ।

शेयर बिक्रीका लागि आह्वान गरिएको दोस्रो सुचना 

undefined

शेयर बिक्रीका लागि आह्वान गरिएको तेस्रो सुचना 

null

Advertisement