भ्रष्टाचार प्रकरणमा मुछिएका निलम्बित मूख्य सचिवसँग ५० हजार मात्रै धरौटी माग

Advertisement

काठमाडौं । विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपियाँ मात्रै धरौटी माग गरेको छ । 

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार बयानपछि अर्यालसँग ५० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

Advertisement

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तःशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ ।

त्यही मुद्दा लागेका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अदालतमा हाजिर भएका थिए, उनलाई एक लाख रुपियाँ धरौटी माग्ने आदेश भएको थियो ।

Advertisement

Advertisement