प्रधानमन्त्रीसहितका नेताको मृत्युको कामनासहित पूजा गरेपछि धार्मिक अभियान्ता खतिवडा पक्राउ

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसहितका नेताको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेको भन्दै प्रहरीले धार्मिक अभियान्ता पुस्कर खतिवडालाई पक्राउ गरेको छ । 

उनले मण्डिखाटारस्थित आफ्नै निवासमा नेताहरुको फोटो राखी यामपूजा गरेका खतिवडालाई पक्राउ गरिएको हो । काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार उनलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ । 

Advertisement

धर्मगुरु तथा ज्योतिषको रुपमा समेत चिनिएका खतिवडाले नेताहरूको अशुभ कामनासहित अनुष्ठान गरेकाले पक्राउ गरिएको प्रहरीले बताएका थिए । उनले यसअघि नै सार्वजनिकरुपमा आफूहरुले नेताहरुको आलोचना गर्दै उनीहरुको मृत्युको कामनासहित पूजा गर्न लागेको बताएका थिए । खतिवडाले आफूलाई प्रहरीले पक्राउ गर्ने पनि बताएका थिए । 

उनले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै आएका छन् । नेताहरुको कारण देश थप संकटतर्फ गएको भन्दै खतिवडाले त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनाको आफूले गरेको भविश्यवाणी मिलेको दावी गर्दै आएका छन् । 

Advertisement

Advertisement