ट्रंकलाइनको महशुल विवादलाई समाधानभन्दा पनि चर्काउँदै नेताहरु, लेखा समितिमा सवालजवाफ

Advertisement

काठमाडौं । सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र माओवादी केन्द्रका सांसद अमनलाल मोदीबीच ट्रंकलाइनको महशुल विवादलाई लिएर सवाल जवाफ भएको छ । 

शुक्रवार संसदको सार्वजनिक लेखा समिति बैठकमा सम्वन्धित् उद्योगी र विद्युत प्राधिकरणसँगको छलफलपछि बसेको बैठकमा सभापति पोखरेल र मोदीबीच सवालजवाफ भएको हो । लामो समयदेखि विवादित बन्दै गएको र प्राधिकरणले जटिल बनाउँदै लगेको महशुल विवादलाई समाधान गर्न भूमिका खेल्नुपर्नेमा नेताहरुले यसलाई राजनीतिकरण गरी चकाउने प्रयास गरेका हुन् । 

Advertisement

समितिमा सभापति पोखरेलले समितिसँग सरकार, विद्युत प्राधिकरण र व्यवसायीहरु सबैका प्रमाणहरु रहेको बता । उनले समितिले प्राप्त प्रमाणलाई अध्ययन गरी अपुग विषयलाई थप गरेर विवादको विषयको अन्त्य गर्ने बताए । 

समितिले विवादको विषयमा समाधान गर्नु भन्ने सरकारलाई नै भएको उल्लेख गर्दै पोखरेलले समितिले लामो प्रक्रियामा गएर विषयलाई अड्काउने भन्दा तथ्य र प्रमाणका आधारमा कसैप्रति लक्षित हुन नहुने उल्लेख गरे । 

तर त्यही क्रममा माओवादी सासद मोदीले सवालजवाफ शुरु गरे । 

यस्तो छ चर्काचर्की– 
अमनलाल मोदीः हामीलाई किन बोलाउनुभएको हो ? 
ऋषिकेश पोखरेलः मैले तपाईंलाई अघि नै भने तथ्य प्रमाण र कानून तीन वटा बाहेक बाहिर गएर निर्णय हुँदैन भने त 
मोदीः किन तपाईं लास्टमा 
पोखरेलः तपाई तथ्यसँग किन आत्तिएको भन्या, प्रमाणसँग किन आत्तिएको तपाईं ?
मोदीः एक छिन् सभापति ज्यु, तपाईं नआत्तिनुस्, तपाईंलाई एकदम छटपट भइरहेको छ । 
पोखरेलः तपाईंलाई भने त समितिसँग प्रमाण छ भनेर
मोदीः तपाईं हामीलाई बोल्न दिनुस् 
पोखरेलः तथ्य, प्रमाण छ भनेपछि तपाई किन आत्तिएको ?
मोदीः तपाईले हामीलाई बोल्न दिनुहुन्न ? 
पोखरेलः अब दिन्छु ।
मोदीः संसदीय समिति कुनै समयमा अघिल्लो समितिले गरेका निर्णयहरुका नजिर पनि छन् । अर्को संसदले यस्तै गर्ने हो भने कतिसम्म उल्लंघन हुन्छ ? कति छानविन समिति बनेका होलान् । संसदमा पटक–पटक आएका सांसदहरु छौं । एउटा संसदीय समिति वा उपसमिति बनिसकेपछि निचोड दिन्छ । निचोड दिएपछि त्यसको कार्यान्वयन हुन्छ । फेरि अर्को संसदमा गएर प्रक्रियामा आउँदैन । त्यहाँ नै मिस्टेक छ । हाम्रो अध्ययनको कुरा हो । विभिन्न न्यायिक समितिहरु बनेका छन् । तर यो समितिमा पटक–पटक ल्याउनु पर्ने कुनै कारण छ ? भनेर हामीले पटक–पटक भनिरहेका छौं । एउटा समितिले गरेको निर्णयलाई आधार बनाएर हामीले जानुपर्छ । तपाई यो संसदमा आउनु भयो । आज तपाईं निर्णय गर्नुहुन्छ । अर्को संसद फेरि दुई तीन वर्षमा आउँछ । फेरी अर्को निर्णय गर्ला चित्त नबुझेर ? अनि के हुन्छ ? संसदीय प्रक्रियाको एउटा बहस गरौं । यस्तो कुराहरुको पहिला नै धारणा नबनाउ । हाम्रा धारणाहरु राख्न दिऔं । अघि मैले यति भने । पछि छलफल गरौंला ।

पछिल्लो समयमा हेर्दा ठूला दल कांग्रेस र एमाले ट्रंकलाइनको महशुल  विवादमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गम्भीर त्रुटी र घमण्डलाई प्रमुख कारणको रुपमा देख्छन् भने माओवादी केन्द्र भने घिसिङले गरेका कामकारवाहीको पक्षमा उभिने गरेका छन् । माओवादी नेतृत्वको सरकारले नै उनलाई पटक पटक नियुक्ति दिँदै आएको हो । घिसिङले नजितामुखी कामभन्दा पनि सस्तो लोकप्रियतामा  रमाउने काम गरेको एमालेका नेताहरुले आरोप लगाउने गरेका छन् । दल र नेताहरु विभाजित हुँदा महशुल विवाद लामो समयमम्म कायम रही उद्योगीहरुले हैरानी भोग्नुपरेको छ । 

Advertisement