हेलिकप्टर दुर्घटनाको छानविन गर्न आयोग गठन, मृतकहरुको शब ल्याइयो (फोटोहरुसहित)

Advertisement

काठमाडौं । सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गर्ने निर्णय गरेको हो । 

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगले काम सुरु गरेको मितिले ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश दिएको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Advertisement

मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । मृतकहरु सबैको शव संकलन गरी काठमाडौं ल्याइएको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेको हो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । मृतकमध्ये चार जना चिनियाँ नागरिक हुन् । हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।

nullnullnullnullnull

Advertisement

Advertisement