राष्ट्रिय सुरक्षा सल्लाहकार भनेर जागिर खाँदै आएका पूर्वमुख्यसचिव वैरागी पदमुक्त

Advertisement

काठमाडौं । राष्ट्रिय सुरक्षा सल्लाहकार भनेर जागिर खाँदै आएका पूर्वमुख्यसचिव शंकर वैरागी पदमुक्त भएका छन् । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्देशिका खारेज गर्ने निर्णय गरेको हो । पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन सरकारले तत्कालीन मुख्यसचिव बैरागीलाई मुख्यसचिवबाट राजीनामा गराएर बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गर्न यो पद सिर्जना गरेको थियो । 

Advertisement

निर्देशिका खारेजसँगै वैरागीको जागिर पनि गएको छ । राज्यमन्त्रीसरहको सुविधासहित राष्ट्रिय सुरक्षा सल्लाहकार रहँदै आएका वैरागी पदमुक्त भएका छन् । यता 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अर्याललाई भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा रहेका छन् ।
 

Advertisement