साँसद हरि ढकालले बोल्दाबोल्दै सभामुखले लाइन काटेपछि संसदमा तनाब

Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दाबोल्दै लाइन काटेपछि तनावको स्थिति सिर्जना भएको छ । 

ढकालले भ्रष्टाचारको कुरा उठाएसँगै सभामुखले आकस्मिक समयमा विषय केन्द्रीत नभएको भन्दै लाइन काटेपछि रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्रका सांसदले संसद अवरोध गरेका छन् ।

Advertisement

ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए । तर राप्रपाका साँसद राजेन्द्र लिङदेन र रास्वपाका साँसद रवि लमिछानेले साँसदको विशेषाधिकारलाई खोस्न नमिल्ने बताएका थिए । 

विपक्षीले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै अडान राखेपछि सभामुख बाध्य भएर ढकाललाई बोल्न दिएका थिए । 

Advertisement