कमला नदीमा पुल निर्माणको माग गर्दै सामुहिक अनशन सुरु

Advertisement

काठमाडौं । धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरुले सामुहिक आमरण अनशन शुरु गरेका छन् ।

कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशन बसेका हुन् । 

Advertisement

गत साता मात्रै नयाँ पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाउन सात दिने अल्टिमेटमसहित उनीहरुले सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । तर सरकारले आफूहरुको मागप्रति बेवास्ता गरेको भन्दै आमरण अनसनमा बस्नुपरेको संघर्ष समितिका संयोजक प्रविण यादवले जानकारी दिए । 

यादवसँगै १० जना युवा आमरण अनसनमा बसेका छन् । सिरहाको औरही वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समशाद आलम, सिरहा ६ का वडाध्यक्ष इन्द्रजति यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनशनमा बसेका छन् । 

यता मधेसका मुख्यमन्त्री सतिश सिंहले आफूहरु कमला पुल निर्माणका लागि गम्भीर रहेको समयमा युवाहरु आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिए । 

Advertisement