शेयर बजार यो साता २२४ अंकले घट्यो, २७४९ अंकमा ओर्लियो नेप्से

Advertisement

काठमाडौं । शेयर बजार आज साताको अन्तिम दिन घटेर बन्द भएको छ । यो साता ४ दिन शेयर कारोबार सञ्चालन हुँदा नेप्से २२४.८७ अंक तल झरेको छ । तीन दिन बजार ओरालो झर्दा हिजो झिनो अंकले बजार उचालिएको थियो । 

गत साताको अन्तिम दिन भदौ ६ गते बजार बढेर बन्द हुँदा नेप्से २९७४.४६ अंकमा थियो भने यो साताको अन्तिम दिन बजार घटेर नेप्से २७४९.५७ अंकमा झरेको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.८३ अंकले घटेको हो । १.३२ प्रतिशतले बजार घट्दा नेप्से २७४९.५७ अंकमा ओर्लिएको छ । 

समग्रमा बजार घटे पनि म्युचुअल फण्ड ०.१० प्रतिशतले बढ्यो भने बाँकी समूह राताम्मे भए । जीवन बीमा समूह सबैभन्दा बढी २.०९ प्रतिशतले घटेको हो । 

undefined

आज ३२२ कम्पनीका २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३ सय ६५.९० रुपियाँ बराबरको कारोबार भयो । 

दुई कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । कुथेली बुखरी हाइड्रो र रसुवागढी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १० र ९.९९ प्रतिशतले नाफा कमाए । 

त्यस्तै थ्री स्टार हाइड्रोमा नेगेटिभ सर्किट लाग्यो । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरे । 

आज गुडवील फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ३७ करोड ६५ लाख ५९ हजार ७ सय ११.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपियाँ, मंगलबार १११.९६ अंकले बजार घट्दा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७०।३५ रुपियाँ र हिजो बुधबार बजार ३.८० अंकले बढ्दा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३.६४ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार श्रीकृष्णजन्माष्टमीको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।  
 

Advertisement