सिद्धार्थ बैंकद्वारा अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण

Advertisement

काठमाडौं । सिद्घार्थ बैंकले गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । 

उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । 

Advertisement

उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्य दिनेशशंकर पालिखे, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालाका निर्देशक डा. दिपेन्द्र कुमार यादव लगायतको पनि उपस्थिति रहेको थियो ।

यस सहयोगले बिरामीहरूले उच्च स्तरीय उपचार सेवा पाउनेछन् भन्ने विश्वास बैंकले लिँदै आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ । 

Advertisement