काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री खुला गर्न लागेको हकप्रद शेयरमा आजसम्म (कात्तिक २६) कायम शेयरधनीले मात्रै आवेदन दिन पाउने भएका छन् ।
हकप्रद निष्काशन प्रयोजनार्थ भोलि अर्थात् कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्नेछ ।
कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपियाँबराबरको ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद शेयर जारी गर्दै छ ।
हकप्रद शेयर निष्कासन मंसिर ११ गतेदेखि खुला भई पुस १ गते बैंकिङ समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रीय कार्यालय, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर बाँडफाँटपपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपियाँ पुग्नेछ कम्पनीले जनाएको छ ।