रोनाल्डोको युभेन्टससँग मेस्सीको बार्सिलोना ३ गोलले पराजित

Advertisement

काठमाडौं । बहुप्रतिक्षित प्रतिष्पर्धामा रोनाल्डोको युभेन्टससँग मेस्सीको बार्सिलोना ३ गोलले पराजित भएको छ । गएराति सम्पन्न खेलमा रोनाल्डोले पेनाल्टी मार्फत दुई गोल गरे भने वेष्टन म्याककेनीले एक गोल गरेका थिए । 

बल पोजिसनमा राम्रो पकड बनाए पनि बार्सिलोनाले गोल गर्न भने असफल रह्यो । खेल अवधीभर युभेन्टसमाथी दबाव बनाएको बार्सिलोनाले समुह विजेत बन्ने अवसर पनि गुमायो । समुह जीमा रहेका दुबै टोली टप १६ मा पुगिसकेका छन् । दुबै टिमको १५।१५ अंक भए पनि गोल अन्तरका कारण युभेन्टस गोल अन्तरका कारण समुह विजेता बनेको छ । 
 

Advertisement

Advertisement

Advertisement