अमेरिकी सेनाको जहाज फेरि आयो

Advertisement

काठमाडौं । अमेरिकी सेनाको एयरफोर्स जहाज पुनः काठमाडौं आएको छ । यसअघि पनि पटक पटक आएको यो जहाज शुक्रबार पुनः आएको हो । आएको केही घण्टामै जहाज फर्किएको छ । 

समाचारअनुसार गएको एक बर्षमा अमेरिकी सेनाको जहाज आएको यो चौथो पटक हो । सामान लिएर आएको भनिएको यस जहाजमा अमेरिकी सेना आएनआएको भने कुनै तथ्य बाहिर आएको छैन् ।

Advertisement

अमेरिकी संस्था एमसीसीसँगको सम्झौता पास भए अमेरिकी सेना आउने हल्ला चल्दै आएको बेला अमेरिकी एयरफोर्स जहाज आउँदा मानिसहरुमा आशंका बढेर गएको छ । 

काठमाडौंस्थित अमेरिकी दूतावासका लागि आवश्यक सामान र कागजात ल्याउन र फिर्ता लैजान यस्तो जहाजको उपयोग हुने गरेको जनाइएको छ । यस्तो उडानका क्रममा नेपाल उड्डयन कानुन र सुरक्षा जाँचसमेत पालना नहुने गरेको बताइन्छ । 

Advertisement

Advertisement