मन्त्री प्रेम आलेको प्रश्न– महाभारतको दुर्योधन र नेपालको केपी ओली भनाउँदो को बढी घमण्डी ?

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । 

ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको सरकार ढलेको उल्लेख गर्दै उनले स्थानीय निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने बताए । 

Advertisement

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा आलेले ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दावी गर्दै ओलीले अब घमण्ड गर्न नमिल्ने बताए । 

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका उनले ओलीमा महाभारतको दूर्योधनभन्दा पनि बढि घमण्ड चढेको तर जनताले त्यसको जवाफ आगामी निर्वाचनमा दिने बताए । आलेले भने,  ‘आज कोही व्यक्तिको अहंकारले गर्दा केन्द्रको सरकार पनि गयो । प्रदेशको सरकार पनि गयो । अझै त्यो व्यक्तिले अब आउने बैशाख ३० गतेको स्थानीय निर्वाचनमा ६० जित्छु भन्ने जुन घमण्ड गरेको छ । त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको नेता भनाउँदो केपी ओली दुवैलाई दाज्यौ भने अहंकारमा कुनै कमी छैन् । तपाईंहरु मूल्यांकन गर्नुहोस् । जनताले आगामी बैशाख ३० गते जवाफ दिनेवाला छन ।’

मन्त्री आलेले आगामी ३ वर्षभित्र सम्पन्न हुने गरी चलचित्र नगरी दोलखाका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफूले सक्दो पहल गर्ने बताए । त्यसका लागि आफूले प्रधानमन्त्री, सञ्चारमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने पनि आलेले बताए । मन्त्री आलेले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरोकारवाला सबै निकायले सरकारलाई घच्घच्याउनेपर्ने पनि बताए । 

Advertisement

Advertisement