काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री

Advertisement

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार अपरान्ह काठमाडौं आइपुगेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गरेका थिए । खड्का कै निमन्त्रणामा उनी नेपाल आएका हुन् । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आइपुगेका वाङले राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने जनाइएको छ । 

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । 

Advertisement

Advertisement