जबरजस्ती उम्मेदवारी फिर्ता गराउने प्रयास बन्द गर्न दलहरुलाई आयोगको चेतावनी

Advertisement

काठमाडौँ । निर्वाचन आयोगले जबरजस्ती उम्मेदवारी फिर्ता गराउने कार्य बन्द गर्न दलहरुलाई चेतावनी दिएको छ । सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवारको मनोनयन फिर्ता गराउन खाजेको तथ्य बाहिरिएपछि आयोगले यस्तो चेतावनी दिएको हो । 

आयोगले मनोनयन दर्ता गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल, तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिँदै आयोगले शुक्रबार विज्ञप्ति जारी गरेको छ ।  

Advertisement

भरतपुर महानगरका स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वप्रधानन्यायधीश गोपाल पराजुलीलगायतले दबाब दिइरहेका छन् । विज्ञप्तिमा यस्ता गतिविधिले लोकतन्त्रमाथि आघात पुर्‍याउने र संविधान र कानुन विपरीत भएको भन्दै आयोगले सचेत गराएको छ । 

Advertisement

Advertisement