विगतका जनप्रतिनिधिले इमान्दार भएर काम नगरेकाले मैले उम्मेदवारी दिएको हुँः मदनदास श्रेष्ठ

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहना अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

वरिष्ठ कलाकारसमेत रहेका श्रेष्ठले काठमाडौं महानगरपालिकाबासीको मनोभावना र चाहना अनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताए । शुक्रबार चुनावका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले विगतका जनप्रतिनिधिहरुले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डुंगुरमा परिणत भएको बताए । 

Advertisement

श्रेष्ठले विगतका जनप्रतिनिधिले गरेको फोहोरको समस्या समाधान गर्न आफू समक्ष हुने बताए । उनको प्रतिवद्धता पत्रमा ६ महिनाभित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने महत्वकांक्षी योजना उल्लेख गरिएको छ । 

श्रेष्ठले भने, ‘काठमाडौंमा मूलभूत रुपमा फोहोरकै कुरा हो । त्यसको व्यवस्थापन गर्नुछ । म आम नागरिकहरुलाई विशेष अनुरोध गर्न चाहान्छु–तपाईंहरुको अमूल्य मतले मलाई विजयी गराउनु भयो भने तपाईंहरुको मनोभावना र चाहनाअनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

मेयरका उम्मेदवार श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमा काठमाडौलाई भ्रष्टाचामुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने उल्लेख गरिएको छ । त्यसैगरी प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौंकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने योजना पनि प्रतिवद्धता पत्रका समावेश गरिएको छ । 

Advertisement

Advertisement