‘हाम्रो केही निजी स्वार्थ छैन, चन्द्रपुरको विकास र समृद्धिका बारेमा मात्रै सोचेका छौं’: दाहाल

Advertisement

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगर पालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम दाहालले आफूहरुप्रति आम सर्वसाधारण जनताहरुले विश्वास र भरोसा गरेको बताएका छन् । 

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको जनातको घरदैलोमा पुग्दा आफू र आफ्नो पार्टी नेकपा एसका उम्मेदवारीहरु प्रति हौसला बढाएको पाउँदा परिणाम आफ्नो पक्षमा आउनेमा आशावादी भएको प्रतिक्रिया दिए । 

Advertisement

‘आम जनताबाट पाएको प्रतिक्रियाले नेकपा एसप्रति जनलहर बढाउँदै लगेको अनुभूति गरेको र यसकारण जीततर्फ उन्मुख छौँ’– मेयरका उम्मेदवार दहालले भने । उनले भने–‘हाम्रो केही निजी स्वार्थ छैन, मात्र चन्द्रपुरको विकास र समृद्धिका बारेमा सोचेका छौँ ।’ 

घरदैलो अभियान चन्द्रपुर नगरपालिकाको १०सै वटा वडामा सञ्चालन भइरहेको छ । यसैक्रममा आज वडा नम्बर ४ को उत्तरी भेगमा गरिएको घरदैलोमा चन्द्रपुरका मेयर पदका उम्मेदवार दाहाल, उपमेयर पदका उम्मेदवार रामरति चौधरी, नगरस्तरीय चुनाव प्रचारप्रसार समितिका संयोजक अमर आलेसहित नेताहरु सहभागी थिए । 

नेकपा एसका तर्फबाट वडा नम्बर ४ मा वडाध्यक्ष पदमा कृष्णबहादुर खड्का र सदस्यहरुमा प्रेमकुमारी दर्लामी, खर्कबहादुर आले मगर, अमिता विश्वकर्मा र भरत गुरुङ प्रत्यासी छन् ।  


 

Advertisement

Advertisement