चुनाव प्रचारमा धेरै कडाई गरेको भन्दै कांग्रेस नेता शर्मा आयोगसँग रुष्ट

Advertisement

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति रुष्ट भएको छ । 

शुक्रबार सो पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट नेपाल साँस्कृतिक संघले बनाएको चुनावी गीत सार्वजनिक कार्यक्रममा उनले चुनाव प्रचारप्रसारमा कडाई गरेकोमा आयोगप्रति असन्तुष्टि जनाएको हुन् । आयोगले चुनाव प्रचारप्रसार तडकभडक कम गर्न यस पटक आचारसंहितामा कडाई गरेको छ ।  

Advertisement

नेता शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको बताए । उनले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर अरुले नमिल्ने भन्ने खालको निर्वाचन आचारसंहिता करेक्सन गरेर अघि बढनुपर्ने बताए । 

शर्माले भने, ‘अहिले बनेको आचारसंहितामा केही प्रश्न उठाउनुपर्ने विषय पनि छन् । सामाजिक सञ्जालबाट प्रचार गर्न नपाउने हो भने उम्मेदवारले मात्रै गर्न पाउने भन्ने हो भने, पार्टीले मात्रै आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रचार गर्ने भन्ने हो भने त्यो अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाएको हुन्छ । त्यसैले मैले भनेको छु–आचारसंहिताले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता बन्देज गर्न खोजेको छ भने त्यसलाई करेक्सन गरौं । र, स्वस्थ ढंगले निर्वाचनमा प्रतिस्पर्धा गरौं । निर्वाचनमा फजुल खर्च नगरौं ।’

महामन्त्री शर्माले निर्वाचनमा बेला झुटा आश्वासन बाँडेर नहिँडन आग्रह गर्दै झुटा सपना निर्वाचनको बेला देखाउने तर पछि त्यसलाई पूरा गर्न सकिएन भने जनतामा निराशा छाउने बताए । 

Advertisement

Advertisement