भरतपुर राजनीति पेचिलो बन्दा स्थानीय चुनाव नै सर्ने आशंका, थपलियाप्रति माओवादी सशंकित

Advertisement

काठमाडौं । भरतपुर महानगरपालिकाको राजनीति बेचिलो बन्दै जाँदा नजिकिँदो स्थानीय निर्वाचन कै कतै सर्ने हो कि ? भन्ने आशंका बढेको छ ।  माओवादी केन्द्रका एक नेता बर्षमान पुनको आइतबारको सार्वजनिक अभिव्यक्तिले त्यसलाई पनि संकेत गरेको छ । 

भरतपुरमा सत्ता गठवन्धनको साझा उम्मेदारको रुपमा माओवादी केन्द्रकी नेतृ एवं सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणुले पुनः उम्मेदवारी दिएसँगै सत्तारुढ घट्क कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि रेणुको हालको संभावना बढेर गएको बेला माओवादी केन्द्रका नेता पुनले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाईप्रति गम्भीर आशंक गरेका छन् । 

Advertisement

थपलियाले यस पटकको पतपत्र चलाउन नमिल्ने कागजमा रहेको भन्दै पहिलाको जस्तो अवस्था नआउने बताएपछि नेता पुनले उक्त अभिव्यक्ति एमाले अध्यक्ष केपी ओलीसँग मिलेको र दुई जनाबीच अघोषित सहकार्य रहेको हुनसक्ने आशंका गरेका छन् । 

१३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा नेता पुनले थपलिया र ओलीको भनाई मिलेको भन्दै आपत्ति जनाएका हुन् । भरतपुरका बागीलाई बाहिर कांग्रेसका नेताहरुले विरोध जनाए पनि भित्र समर्थन जनाइरहेको आशंका भइरहेको बेला माओवादी नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिलाई गम्भीररुपमा लिएको बताएका हुन् । 

कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने भन्दै उनले आयोगले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्नेमा आशंका गरे । पुनले भने– ‘निर्वाचन आयोग आज आफै मैदानमा ओर्लेर खेल खेल्न लाग्यो । गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ ?’ 

केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? भन्दै उनले यसमा हाम्रो आपत्ति छ भने । पुनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भूमिका खेल्न नसकेको पनि बताए । उनले ओली वामपन्थी नभएको आरोप पनि लगाए । 

सत्ता गठवनधनका तीन घट्क माओवादी केन्द्र नेकपा समाजवादी र जनता समाजवादी पार्टी स्थानीय निर्वाचन सार्ने पक्षमा रहँदै आए पनि कांग्रेस र एमाले निर्वाचनको पक्षमा हुँदा उनीहरुको प्रयास असफल हुँदै आएको छ ।  

Advertisement

Advertisement