ओलीको आरोप– यो सरकार खान जन्मिएको हो, विकास गर्न होइन्, देश कंगाल पार्दैछ

Advertisement

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी ओलीले अहिलेको गठवन्धन सरकार खान जन्मिएको हो, विकास गर्न होइन् भनेका छन् । मे दिवसको अवसरमा हेटौंडामा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । 

सत्तारुढ गठबन्धन विकास गर्न नभएर देश कंगाल पार्न जन्मिएको हो भन्दै उनले भने, ‘यो सरकार खानलाई जन्मिएको हो । विकास गर्न होइन ।’ सत्तारुढ गठबन्धन बाध्यताले चुनाव गर्न थालेको भन्दै ओलीले थपे, ‘सरकार अझै पनि चुनाव विथोल्न खोजिरहेको छ । १२ दिनपछि चुनाव हुँदैछ । तर, गठबन्धन चुनाव हुन नदिने बहाना खोजिरहेको छ ।’

Advertisement

उनले संविधानअनुसार दुई महिना अगाडि फागुनमा चुनाव हुनुपर्ने भए पनि वैशाख अन्तिममा गर्न लागेको बताए । ओलीले प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर बढाएको विषयमा समेत व्यंग्य गर्दै भने, ‘हेटौंडाभर मन्त्रालय नै मन्त्रालय र मन्त्री नै मन्त्री देखियो । यता, हेर्‍यो झन्डा उता हेर्‍यो झन्डा ।’

नेता ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कमिसनको लोभमा अर्बौं रुपियाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरेको भन्दै आलोचना गरे । उनले  थपे ‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स–रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’ 

Advertisement

Advertisement