राप्रपा अब मुल शक्ति भइसक्यो, नजरअन्दाज नगरियोसः लिङदेन

Advertisement

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको मुल शक्ति भइसकेको बताउँदै यो पार्टीलाई नजरअन्दाज नगर्न ठूला भनिएका पार्टीहरुलाई सचेत गराएका छन् । 

आफ्नो गृहजिल्ला झापाको कचनकवलमा सोमबार आयोजित सभा उनले राप्रपाबिना राष्ट्रिय राजनीतिकको शक्ति सन्तुलन नहुने बताउँदै राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाइसकेको बताए । 

Advertisement

राप्रपाको लोकप्रियता बढेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले राप्रपाविरुद्ध तालमेल गरेको लिङदेनको भनाई छ । आफूहरुको पार्टीमा भ्रष्टाचारीहरुलाई स्थान नरहेको बताउँदै उनले राजनीतिलाई सेवाको भावनाबाट विकास गर्न जरुरी रहेको बताए । भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने लिङदेनको भनाई छ । 

राप्रपा सुशासनप्रति प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने गरी कारबाही गर्छौं । थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौं ।’ 

Advertisement

Advertisement