सर्वोच्चको साथ सरकारलाई, पोखरेलको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले पहिलो वरियताका एआईजी विश्वराज खनालले माग गरेअनुसार सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । 
 
नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले दर्ता गरेको रिटमा सर्वोच्चले बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले उक्त निर्णय गरेसँगै पोखरेल नैतिक संकटमा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपाल प्रहरीका तेस्रो वरियताका सिंहलाई आईजीपी बनाइएको भन्दै विरोध पनि भइरहेको छ । 

Advertisement

सर्वोच्चले सरकारसँग सिंहलाई आईजीपीमा बढुवा गर्नुको लिखित जवाफ माग गरेको छ । मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ । सरकारी पक्षले अहिले अन्तरिम आदेश दिए चुनावी सुरक्षामा असर पुग्ने तर्क गर्दै अन्तरिम आदेश नदिन माग गरेपछि सर्वोच्चले पनि सोहीअनुसारको आदेश दिएको छ । 

Advertisement

Advertisement